Pura Samachar

इजिप्ट अफ्रिका कप अफ नेसन्सको फाइनलमा

प्रकाशित: February 4, 2022
पूरा समाचार

इजिप्ट अफ्रिका कप अफ नेसन्सको फाइनलमा

इजिप्ट अफ्रिका कप अफ नेसन्सको फाइनलमा पुगेको छ।
बिहीबार राति भएको खेलमा घरेलु टोली क्यामरुनलाई पेनाल्टी सुटआउटमा हराउँदै इजिप्टले फाइनलमा आफ्नो स्थान पक्का गरेको हो।

दोस्रो सेमिफाइनलअन्तर्गतको खेलको निर्धारित समयमा दुवै टोलीको तर्फबाट कुनै गोल भएन।

त्यसपछि खेल पेनाल्टी सुटआउटमा गएको हो।इजिप्टका गोलकिपर खेलको नायक बने। क्यामरुनले गरेको चार पेनाल्टीमध्ये १ मात्र गोल भयो। इजिप्टले प्रहार गरेको सबै ३ पेनाल्टीमा गोल गर्‍यो।

यससँगै अब इजिप्टले फाइनलमा आइतबार सेनेगलको सामना गर्नेछ।

प्रतिक्रिया