Pura Samachar

आइतबारबाट मौसम सुधार हुने

प्रकाशित: February 4, 2022
पूरा समाचार

आइतबारबाट मौसम सुधार हुने

काठमाडाैं । हाल पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण गएरातिदेखि नै देशका विभिन्न भागमा वर्षा र हिमपातका कारण देशभरको जनजिवन प्रभावित बनेको छ ।

काठमाडौं उपत्यकाका नजिकैका डाँडासहित देशका धेरै उच्च पहाडी र हिमाली जिल्लामा भएको हिमपातका कारण जनजिवन कष्ठकर बनेको हो ।

गएराती देखि नै काठमाडौंको चन्द्रागिरि, भालेश्वर, मकवानपुरको दामन, सिम्भञ्ज्याङ, हुम्ला, सोलुखुम्बु, बझाङ, बाजुरा, डडेलधुरा, दार्चुला लगायतका उच्च हिमाली तथा पहाडी क्षेत्रमा वर्षासँगै हिमपात भइरहेको छ ।

त्यस्तै, कर्णाली, रोल्पा, मनाङ लगायतका उच्च पहाडी तथा हिमाली क्षेत्रमा बाक्लो हिमपात भएको छ । वर्षासँगै भएको हिमपातका कारण जनजिवन प्रभावित हुनु पुगेको छ भने चिसो बढेसँगै बालबालिका तथा वृद्धवृद्धालाई समेत प्रभाव पारेको छ ।

हिमपातकै कारण सुदूरपश्चिम पहाडी जिल्लामा टेलिफोन सेवा, यातायात सेवा र विद्युत् सेवा समेत ठप्प भएको छ । चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गर्दै जल तथा मौसम विज्ञान विभागले आइतबारबाट मौसम सुधार हुने जनाएको छ ।

प्रतिक्रिया