Pura Samachar

मणिपुरमा हिमपात भएको खबर

प्रकाशित: February 4, 2022
पूरा समाचार

मणिपुरमा हिमपात भएको खबर

डा. हरिमोहन पोखरेल
कोहिमा /मणिपुर राज्यको माओ स्थित खुङगा पहाडमाथि भारी हिमपात भएको समाचार प्राप्त भएको छ ।
प्राप्त समाचार अनुसार नागालैंड र मणिपुर बीचमा स्थित खुङगा पहाडमा गतः दस वर्ष बीचमा कुनै पनि हिमपात नभएको र यति साह्रो चीसो नबढेको कुरा त्यहाँको बासिन्दाहरूले बताउँछन् भने अर्कातिर मौसम विज्ञान विभागले जनाएको छ कि आगामी आइतवार सम्म मौसममा कुनै पनि परिवर्तन नहुने र जाडो बढिनै हुने कुरा बताएको छ ।
माओ स्थित खङगा पहाडमा हिमपात भएकोले नागालैंडमा पनि अति नै चीसो बढेकोले जनजीवन धेरै नै प्रभावित भएको खबर छ ।
मानिसको आवत जावतमा धेरै नै कमी देखिएको र बजार व्यवसाय पनि निकै नै कमजोर रहेको कुरा व्यापारीहरूले बताएका छन भने धेरै भन्दा धेरै जाडो बढेकोले गौपालकहरूलाई पनि निकै असर गरेको कुरा जान्न पाइएको छ ।
मौसममा कहिले सम्ममा सुधार आउला र राम्रो दिन देख्न पाइएला भन्ने कुरा आज एउटा प्रश्न चिन्ह बनेर नै रह्यो तर पनि भविष्यमा प्रतीक्षा त गर्नु नै पर्ने भयो ।

प्रतिक्रिया