
जनकपुरधाम । बिहीबार रातिदेखि आएको हावाहुरीमा परेर मधेश प्रदेशमका तीन जनाको मृत्यु भएको छ ।
हावाहुरीले रूख ढल्दा धनुषामा दुई बालबालिकाको मृत्यु भएको हो । यस्तै रौतहटमा एक घर खस्दा एक महिलाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।
धनुषाको सबैला नगरपालिका–१२ स्थित फकिरचन्द उच्च माविको प्राङ्गणमा रहेको रूख ढल्दा ८ वर्षीया प्रतिमाकुमारी सदा र ७ वर्षिय अरबन्दी सदाको मृत्यु भएको धनुषाका एसपी वसन्त रजौरेले बताउनुभयो ।
त्यसैगरि रौतहटको बौधीमाई नगरपालिका–१ स्थित इँटाको घर खस्दा ४५ वर्षीया फुलमतीया देवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । मधेश प्रदेशका विभिन्न जिल्लमा बिहीबार रातिदेखि नै हावाहुरी आएको छ भने शुक्रबार दिउँसो देखि वर्षा समेत भईरहेको छ ।
प्रतिक्रिया