
डा. हरिमोहन पोखरेल
कोहिमा/विश्वको विभिन्न ठाउँमा मनाए सरह नागालैंड राज्यमा पनि आज विश्व क्यान्सर दिवस मनाएको समाचार प्राप्त भएको छ ।
राज्यको स्वास्थ्य एवं परिवार कल्याण विभाग द्वारा आयोजित समारोहमा बोल्दै राज्यका उपमुख्यमंत्री एवं गृहमन्त्री वाई पेटनले भने कि नागालैंडमा पनि क्यान्सरबाट बिमार हुने मानिसहरूलाई सस्तो र भरपर्दो तरिकाले बिमारीबाट बनाउने प्रयास सरकारको रहने छ ।जसले गर्दा गरीबीको तप्का मुनि परेका जनताहरूलाई सहयोग हुने छ ।
उनले अगाडि भने कि भारत सरकारले उठाएको पहलकदमीलाई हामीले स्वागत गर्दै सके सम्म धेरै भन्दा धेरै फाइदा लिनुपर्ने हुन्छ ।त्यसैले बिरामीहरू विभागमा गएर नाम दर्ता गराउन सक्नुहुनेछ ।
स्मरण रहोस् विश्वका क्यान्सर दिवस आजको दिन मनाउने गरिन्छ ।
प्रतिक्रिया