Pura Samachar

नेपालमा पछिल्लो २४ घण्टामा  १ हजार ३८६ जनामा कोरोना संक्रमण पुष्टि,११ जनाको मृत्यु

प्रकाशित: February 6, 2022
पूरा समाचार

नेपालमा पछिल्लो २४ घण्टामा  १ हजार ३८६ जनामा कोरोना संक्रमण पुष्टि,११ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा  १ हजार ३८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे पछिल्लाे जानकारी अनुसार देशभर ९ हजार २५१ नमुना परीक्षण गरिएकोमा १३८६ जनामा काेराेना पुष्टि भएकाे हाे ।

६ हजार ४४३ जनाको पीसीआर परीक्षण गर्दा एक हजार १८३ र दुई हजार ८०८ जनाको एन्टीजेन परीक्षण गर्दा २०३ गरी एक हजार ३८६ जनामा संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा आठ हजार ७०४जन संक्रमणमुक्त भएका छन्।

हाल देशभर ४५ हजार २४८ संक्रिय संक्रमित छन्। पछिल्लाे २४ घण्टामा थप ११ जनाको मृत्यु भएको मन्त्रालयले जनाएकाे छ ।

प्रतिक्रिया