
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ ।
बुधवार बिहान माओवादी अध्यक्ष दाहालको निवास खुमलटारमा भएको भेटमा दुई नेताबीच एमसीसी परियोजना, स्थानीय निर्वाचन, संसद् अवरोध, चुनावी मोर्चालगायत विषयमा छलफल भएको बताइएको छ । एमसीसीको विषयलाई लिएर यतिबेला सत्तारुढ दलहरू विभाजित रहेका छन् । एमसीसी संसद्मा टेबल गर्ने विषयमा सहमति हुन नसक्दा बुधबार बस्ने भनिएको प्रतिनिधि सभाको बैठक पनि सारिएको छ । अमेरिकाले फेब्रुअरीको अन्त्यसम्म एमसीसी पारित गर्ने डेडलाइन दिएको छ ।
यस्तै सरकारले स्थानीय तह निर्वाचनको मिति ३० वैशाखमा घोषणा गरेको छ । निर्वाचन मिति घोषणा भए लगत्तै दलहरु चुनाव केन्द्रीत छलफल र तयारीमा जुटेका छन् । एकीकृत समाजवादीले पनि निर्वाचन घोषणाको स्वागत गर्दै निर्वाचनमा मिलेर जान गठबन्धन दलहरुलाई आह्वान गरेको छ ।
प्रतिक्रिया