
काठमाडाैँ । संस्कृतिविद् सत्यमोहन जोशी ललितपुरको इमाडोलस्थित किस्ट मेडिकल कलेज शिक्षण अस्पताल भर्ना भएका छन् । मंगलबार छातीमा समस्या देखिएपछि उनलाई उपचारका लागि पाटन बखुम्बहालस्थित निवासबाट अस्पताल लगिएको थियो ।
१०२ वर्षीय जोशीलाई क्याबिनमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ ।
जोशीको मुहार अंकित १० रुपैयाँको हुलाक टिकट र नेपाल राष्ट्रबैंक टक्सार महाशाखाबाट उनको तस्बिर अंकित चाँदीको सिक्का निष्कासन गरिएको छ ।
प्रतिक्रिया