Pura Samachar

नेकपा माओवादी केन्द्रको दोस्रो केन्द्रीय समितिको बैठक यही माघ २८ र २९ गते बस्ने

प्रकाशित: February 9, 2022
पूरा समाचार

नेकपा माओवादी केन्द्रको दोस्रो केन्द्रीय समितिको बैठक यही माघ २८ र २९ गते बस्ने

नेकपा माओवादी केन्द्रको दोस्रो केन्द्रीय समितिको बैठक यही माघ २८ र २९ गते बस्ने भएको छ । बैठक सो दिन बिहान ११ बजे प्रज्ञा प्रतिष्ठान कमलादी बस्ने  तय भएको केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिए ।

बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । यस्तै पार्टीभित्र बहसमा रहेको एमसीसीको विषयमा समेत छलफल हुने बताइएको छ । यसअघि कोरोनाका कारण पटकपटक स्थगित हुँदै आएको बैठक यस पटक भौतिक रुपमा नै बस्न लागेको हो ।

गत पुसमा आठौँ महाधिवेशन सम्पन्न गरे पनि माओवादीले अध्यक्ष बाहेक अन्य पदाधिकारी चयन गरेको छैन । बैठकले केन्द्रीय सदस्यको मनोनयन, पोलिटब्युरो , स्थायी समिति र पदाधिकारीको पनि चयन गर्ने गर्ने बुझिएको छ । माओवादीको पदाधिकारीमध्ये महासचिवमा वर्षमान पुन र जनार्दन शर्माको बलियो दाबेदारी रहेको छ ।

प्रतिक्रिया