Pura Samachar
  • सीसीएमसीले गरेको सिफारिस बारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै

    प्रकाशित: १ महिना पहिले

    सीसीएमसीले गरेको सिफारिस बारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै

    काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद् बैठक आज (सोमबार) बस्दैछ । भदौ १५ गतेसम्म यातायात नखोल्न र हवाई उडान सुरु नगर्न सीसीएमसीले आइतबार गरेको सिफारिसका विषयमा निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।

    कोभिड १९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)ले भदौ १ गतेदेखि खोल्ने भनिएको अन्तरजिल्ला यातायात र हवाई उडान नखोल्न सिफारिस गरिसकेको छ । बेलुकी ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले कोरोना संक्रमण नियन्त्रणमा नआएपछि सर्टडाउनको अवस्थामा रहेको काठमाडौं उपत्यकालगायत देशका विभिन्न प्रदेशमा लकडाउन गर्ने निर्णय लिन सक्ने स्रोतको भनाइ छ ।

    कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि काठमाडौं उपत्यकामा सञ्चालनमा रहेको सार्वजनिक यातायात पनि बन्द गर्न उपत्यका मेयर फोरमले गरेको मागका विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ । यसअघि साउन ५ गते बसेको मन्त्रिपरिषद् बैठकले भदौ १ गतेदेखि लामो दूरीको यातायात र हवाई उडान सुरु गर्ने निर्णय गरेको थियो ।

    प्रतिक्रिया