Pura Samachar

सुनको मूल्य बढ्यो

प्रकाशित: February 10, 2022
पूरा समाचार

सुनको मूल्य बढ्यो

काठमाडौँ । साताको पाँचौँ दिन आज (बिहीबार) बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो (बुधबार) प्रतितोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ५ सय रुपैयाँले बढेर ९३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुन प्रतितोलामा ९३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य भने आज स्थिर रहेर १ हजार २ सय ८० रुपैयाँमै कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया