Pura Samachar

बंगलादेशले मार्चमा दक्षिण अफ्रिकाको भ्रमण गर्ने

प्रकाशित: February 10, 2022
पूरा समाचार

बंगलादेशले मार्चमा दक्षिण अफ्रिकाको भ्रमण गर्ने

काठमाडौं । बंगलादेशले मार्चमा दक्षिण अफ्रिकाको भ्रमण गर्ने भएको छ ।

तीन खेलको एकदिवसिय तथा दुई खेलको टेस्ट सिरिजका लागि बंगलादेशले दक्षिण अफ्रिकाको भ्रमण गर्न लागेको हो ।

बंगलादेश र दक्षिण अफ्रिकाबीचको पहिलो एकदिवसिय मार्च १८ मा हुनेछ ।

दोस्रो खेल मार्च २० तथा तेस्रो खेल २३ मा हुने तालिका रहेको छ ।

यी दुई देशबीचको पहिलो टेस्ट भने मार्च ३१ बाट सुरु हुनेछ ।

दोस्रो टेस्ट अप्रिल ८ बाट हुने छ ।

प्रतिक्रिया