Pura Samachar

रौतहटमा सवारी दुर्घटनामा परेर एक जना पुरुषको मृत्यु

प्रकाशित: February 10, 2022
पूरा समाचार

रौतहटमा सवारी दुर्घटनामा परेर एक जना पुरुषको मृत्यु

रौतहटमा सवारी दुर्घटनामा परेर एक जना पुरुषको मृत्यु भएको छ । नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा एक जना पुरुषको मृत्यु भएको हो ।

बिहिबार विहान करिब साढे ४ बजेको समयमा गौर चन्द्रपुर सडक खण्डको जिन्गडिया चोक नजिकै पहिचान नखुलेको सवारी साधनले ठक्कर​ दिएको थियो । ठक्करबाट नाम थर, वतन नखुलेको अन्दाजी ५०–५२ वर्षका पुरुष घाइते भएका थिए । घाइते पुरुषको उपचारको क्रममा अस्पताल लैजाँदै गर्दा मृत्यु भएको ईलाका प्रहरी कार्यालय गरुडाका  प्रमुख  डीएसपी श्रीराम भण्डारी जानकारी दिएका छन् । मृतकलाई पोस्टमार्टमको लागि गौर अस्पतालमा पठाईएको डीएसपी भण्डारीले बताए । ठक्कर दिएर भागेको सवारी साधनको  खोजतलास भइरहेको छ । साथै, मृतकको पहिचान गर्नको लागि प्रहरीले स्थानीयसँग सहयोगको अपिल गरेको छ ।

प्रतिक्रिया