Pura Samachar

प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको आँकलन सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका धेरै स्थानमा वर्षाको सम्भावना

प्रकाशित: February 11, 2022
पूरा समाचार

प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको आँकलन सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका धेरै स्थानमा वर्षाको सम्भावना

काठमाडौं । पश्चिमी वायुकाे प्रभावले देशभरकाे माैसममा फेरवदल आएको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

शुक्रवार मुलुकमा पश्चिमी वायुको प्रभाव रहेकाले दिउँसो सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका धेरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गण्डकी, बागमती र प्रदेश १ का केही स्थानमा पनि हल्का वर्षाको सम्भावना छ । साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

राती कर्णाली, लुम्बिनी, गण्डकी,बागमती र प्रदेश १ मा वर्षाको सम्भावना छ ।

प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको आँकलन गरिएको छ । ती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ  ।

प्रतिक्रिया