
काठमाडौं । विश्व स्वास्थ्य संगठनद्वारा हरेक दिन जारी गर्ने कोरोना अपडेटका अनुसार दैनिक संक्रमण दर र मृत्यु दर घटबढ भइरहेकाे देखाएको छ । पछिल्लाे २४ घण्टामा दैनिक संक्रमित र मृत्यु हुनेकाे संख्या घटेकाे देखाएकाे छ ।
त्यस्तै, केही दिनदेखि विश्वभर संक्रमित र मृत्यु दरमा निरन्तर गिरावट आइरहेको छ । विश्व स्वास्थ्य संगठनकाे दैनिक तथ्यांक हेर्दा काेराेना संक्रमण महामारी निरन्तर ओरालो लागेको संकेत देखिएकाे छ ।
विश्व स्वास्थ्य संगठनले जारी गरेको गत २४ घण्टाको अपडेट अनुसार कोरोना भाइरस संक्रमणबाट एकैदिन १० हजार ५२३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभर कोरोना संक्रमणबाट १० हजार ५२३ को मृत्यु भएको हो।
त्यस्तै, विगत २४ घण्टामा विश्वभर २३ लाख ८५ हजार ९२० जनामा कोरोना संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ।
विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म ४० करोड ६० लाख ५२ हजार ६३४ जनामा कोरोना संक्रमण भएको छ । त्यस्तै, ३२ करोड ५८ लाख ८१ हजार ७५६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्।
विश्व स्वास्थ्य संगठनले उपलब्ध गराएको पछिल्लो तत्थ्यांक अनुसार ५८ लाख ७ हजार १९१ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ।
नेपालमा हालसम्म कोरोना संक्रमणबाट ११ हजार ८६४ को ज्यान गएको छ । २९ हजार ४ जना सक्रिय संक्रमित रहेका छन् भने ९ लाख ७१ हजार ४७५ जनामा संक्रमण भइसकेको छ ।
त्यस्तै, ९ लाख ३० हजार ६०७ जना संक्रमित निको भइसकेका छन् ।
प्रतिक्रिया