Pura Samachar
  • राम र बुद्धलाई भारत-नेपालका नेताहरुले राजनीतिक हतियार बनाए : डा. लोहनी

    प्रकाशित: २ महिना पहिले

    राम र बुद्धलाई भारत-नेपालका नेताहरुले राजनीतिक हतियार बनाए : डा. लोहनी

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले राम र बुद्धलाई नेपाल-भारतका नेताहरुले राजनीतिक हतियार बनाएको बताएका छन् ।

    पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले राम नेपालमा जन्मेको भन्‍ने अभिव्यक्ति र भारतीय विदेश मन्त्री एस जयशंकरले बुद्ध भारतीय हुने भन्‍ने अभिव्यक्ति दिएका थिए ।

    यस विषयमा टिप्पणी गर्दै अध्यक्ष लोहनीले सामाजिक सञ्‍जाल फेसबुकमा राम र बुद्धलाई राजनीतिक हतियार बनाएको टिप्पणी गरेका हुन् ।

    उनले भनेका छन्, “राम र बुद्धलाई भारत र नेपाल का नेताहरुले राजनीतिक हतियार बनाएर गीतामा कृष्णले भने जस्तै अहमबाट क्रोध, क्रोधबाट मोह, मोहबाट स्मृति नास, स्मृति नासबाट बुद्धि भ्रस्ट हुने र बुद्धि भ्रस्ट भएपछि पतन हुने बाटोमा लागेका छन् ।”

    प्रतिक्रिया