Pura Samachar

आगामी बैशाख ३० मा हुने स्थानीय तह निर्वाचन मिनी जनमत संग्रह:नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली

प्रकाशित: February 11, 2022
पूरा समाचार

आगामी बैशाख ३० मा हुने स्थानीय तह निर्वाचन मिनी जनमत संग्रह:नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी बैशाख ३० मा हुने स्थानीय तह निर्वाचन मिनी जनमत संग्रह भएको बताउनु भएको छ ।

‘स्थानीय तह निर्वाचन प्रशिक्षण तथा अभिमुखीकरण’ कार्यक्रमको आज शुभारम्भ गर्दै अध्यक्ष ओलीले आगामी बैशाखमा हुने स्थानीय निर्वाचन मिनि जनमत संग्रह भएको बताउनु भएको हो । उहाँले यो पटक हुने निर्वाचन सामान्य निर्वाचन नभएकाले यसको धेरै ठुलो अर्थ रहेको समेत बताउनुभयो ।

अध्यक्ष ओलीले स्थानीय, प्रदेश र संघको अब हुने निर्वाचनमा नेकपा एमाले एक्लैले बहुमत ल्याउने दाबी समेत गर्नुभयो । वर्तमान सरकार स्थानीय तह निर्वाचनप्रति सकारात्मक नहुनुमा विगतमा एमालेले ल्याएको परिणाम रहेको उहाँको धारणा थियो ।

उहाँले एमालेले कसैलाई निर्वाचनबाट भाग्न नदिने भन्दै अबको निर्वाचनमा बत्ति निभाएर र मतपत्र च्यातेर चुनाव जित्ने सपना नदेख्न चेतावनी दिनुभयो ।

यस्तै कार्यक्रममा उहाँले सरकारले संसद्लाई निष्प्रभावी बनाएर राखेको आरोप लगाउनुभयो । एमाले संसद्मा प्रतिपक्षीको प्रभावकारी भूमिका निर्वाह गर्न इच्छुक रहेको तर, सरकारले संसद् चलाउने वातावरण नबनाएको उहाँको टिप्पणी थियो ।

प्रतिक्रिया