Pura Samachar

कोरोनाविरुद्धको २४ लाख खोप नहराएको विवरणमा ग्याप मात्रै भएको:स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडा

प्रकाशित: February 11, 2022
पूरा समाचार

कोरोनाविरुद्धको २४ लाख खोप नहराएको विवरणमा ग्याप मात्रै भएको:स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडा

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले कोरोनाविरुद्धको २४ लाख खोप नहराएको जिकिर गरेका छन् । शुक्रबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले स्थानीय तहदेखि केन्द्रीय भण्डारणमा रहेकाका खोप र हालसम्म लगाइएको खोप विवरणमा ग्याप मात्रै भएको बताएका हुन् ।

रेकर्डमा नआएको खोपको खोजी गर्नका लागि स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीको नेतृत्वमा ५ सदस्य छानबिन समिति गठन गरिएको उनले सुनाए । छानबिन समितिलाई दुई हप्ताको समय दिइएकाले अब चाँडै खोपको विवरण सार्वजनिक गरिने गर्ने उनले बताए । ‘केन्द्र, प्रदेश, जिल्ला, स्थानीय स्वास्थ्य केन्द्रसम्म कतिले खोप लगाए कति भण्डारणमा भन्ने धेरै स्थानीय तहले रिपोर्ट पठाइसकेको छ ,’ उनले भने, ‘कति खोप खेरा गयो, कतिको म्याद गुज्रियो, कारणवश क्षति भई प्रयोग गर्न नमिल्ने खोपको मात्रा तत्काल रिपोर्ट गर्न निर्देशन समितिले दिएकाले फागुन दुई गतेसम्म रिपोर्ट सार्वजनिक गर्छ ।’

खोप लगाउने प्राथमिकता नपरेकाहरूले यदि खोप लगाएको रेकर्ड  नराखीकन खोप लगाएकाहरूलाई समेत खोप लगाएको केन्द्र गई तत्काल रेकर्ड राख्न मन्त्री खतिवडाले निर्देशन दिएका छन् । उनी भन्छन्, ‘यसअघि प्राथमिकता नपर्नेहरूले बुस्टर जोड वा पहिलो दोस्रो मात्रा खोप लगाउनु भएको छ तर, कार्ड बनाउनु भएको छैन भने खोप लगाएको ठाउँमा गई कार्ड लिनुस् ।’ सरकारले फागुन एक गतेदेखि १८ वर्ष माथिकालाई बुस्टर डोज दिने निर्णय गरेको छ । कोरोनाविरुद्धको दुवै मात्रा लगाएको ६ महिना पुग्नेहरूले अब बुस्टर डोज लगाइने मन्त्री खतिवडाले जनाकारी दिए ।

प्रतिक्रिया