Pura Samachar

आन्तरिक राजस्व र भन्सार विभागका महानिर्देशकको सरुवा

प्रकाशित: February 11, 2022
पूरा समाचार

आन्तरिक राजस्व र भन्सार विभागका महानिर्देशकको सरुवा

काठमाडौं- आन्तरिक राजस्व र भन्सार विभागका महानिर्देशकको सरुवा भएको छ। भन्सार विभागका महानिर्देशक रहेकानारायणप्रसाद सापकोटा लुम्बिनी प्रदेशमा सरुवा भइसकेका छन्।

आन्तरिक राजस्व विभागका महानिर्देशक रहेका शोभाकान्त पौडेलको पनि सरुवा भएको छ। पौडेललाई अर्थबाट सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएको छ।

अर्थ मन्त्रालय मातहतका दुई शक्तिशाली विभागका महानिर्देशकलाई सरुवा गरेपनि विभागमा जानेको नाम भने तय भएको छैन।

प्रतिक्रिया