Pura Samachar

आज (शनिबार) देखि कम्तीमा ३ दिनसम्म मौसम सफा

प्रकाशित: February 12, 2022
पूरा समाचार

आज (शनिबार) देखि कम्तीमा ३ दिनसम्म मौसम सफा

आज (शनिबार) देखि कम्तीमा ३ दिनसम्म कतै वर्षा, हिमपातको सम्भावना नदेखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार सोमबार रातिसम्म लगभग देशभर मौसम सफा रहनेछ।

महाशाखाका अनुसार नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव भने जारी छ। यतिबेला (शनिबार बिहान) पहाडी भेगमा आंशिक बदली (थोरै आकाशमा बादल) छ भने तराईका थोरै स्थानमा हुस्सु /कुहिरो लागिरहेको बुलेटिनमा उल्लेख छ।

मौसम पूर्वानुमान महाशाखाले सामान्यतया ३ दिनसम्मको मौसम अनुमान गर्ने गर्छ।

तर मौसमविद् वरुण पौडेलले अहिलेसम्मको अनुमानमा एक हप्तायता पानी पार्ने तथा हिमपात गराउने कुनै मौसम प्रणाली विकास हुने सम्भावना नदेखिएको जानकारी दिए।

‘देशभरमा कतै फाटफुट पानी परिहाल्यो भने बेग्लै कुरा, नत्र उल्लेखनीय वर्षा र हिमपातको सम्भावना छैन’, मौसमविद् पौडेलले भने।

प्रतिक्रिया