Pura Samachar

मधेस प्रदेश सरकारले फागुन १ लाई ‘जनयु:द्ध दिवस’ भन्दै सार्वजनिक विदा

प्रकाशित: February 12, 2022
पूरा समाचार

मधेस प्रदेश सरकारले फागुन १ लाई ‘जनयु:द्ध दिवस’ भन्दै सार्वजनिक विदा

काठमाडौं । तत्कालीन माओवादीले हिं:सात्मक संघर्ष सुरु गरेको दिनलाई मधेस प्रदेशले ‘दिवस’ को मान्यता दिएको छ ।

पहिलोपटक प्रदेश सरकारले फागुन १ लाई ‘जनयु:द्ध दिवस’ भन्दै सार्वजनिक विदासमेत दिएको छ ।

प्रदेशका आन्तरिक मामिला तथा संचारमन्त्री भरतप्रसाद साहले आज सुचना जारी गर्दै जनयु:द्ध दिवसका अवसरमा मधेस प्रदेशभर सार्वजनिक विदा दिने बताएका छन् ।

अहिलेसम्म संघीय सरकार वा कुनै पनि प्रदेश सरकारले जनयु:द्ध दिवस भनेर विदा दिएका थिएनन् ।

प्रतिक्रिया