Pura Samachar

सातदोबाटोले पुलिसलाई १-० गोल अन्तरले हरायो

प्रकाशित: February 12, 2022
पूरा समाचार

सातदोबाटोले पुलिसलाई १-० गोल अन्तरले हरायो

काठमाडौं । कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सातदोबाटो युथ क्लबले नेपाल पुलिस क्लबलाई हराएको छ ।

सातदोबाटोस्थित एन्फा कप्लेक्समा शनिबार भएको खेलमा सातदोबाटोले पुलिसलाई १-० गोल अन्तरले हराएको हो ।

सातदोबाटोलाई जित दिलाउन आकाश बुढा मगरले निर्णायक गोल गरे । आकाशले खेलको १९ औं मिनेटमा पेनाल्टीमा गोल गरेका हुन् ।

पुलिसका हेमन्त श्रेष्ठले पेनाल्टी क्षेत्र भित्र आकाशलाई फउल गर्दै लडाएपछि सातदोबाटोले पेनाल्टीको अवसर पाएको थियो । जसमा आकाश चुकेनन् ।

यससँगै नवप्रवेशी क्लब सातदोबाटोले पुलिसमाथि पहिलो भेटमै जित निकाल्न सफल भएको छ ।

यस जितसँगै सातदोबाटोले १० खेलमा १५ अंक जोडेको छ । सातदोबाटो पाँचौं स्थानमा उक्लिएको छ । 

पुलिसले १० खेलमा १० अंक जोडेको छ । पुलिस १० औं स्थानमा रहेको छ ।

प्रतिक्रिया