Pura Samachar

२४ घण्टामा विश्वभर कोरोना संक्रमणबाट ७ हजार ७१६ को मृत्यु

प्रकाशित: February 13, 2022
पूरा समाचार

२४ घण्टामा विश्वभर कोरोना संक्रमणबाट ७ हजार ७१६ को मृत्यु

काठमाडौं ।  विश्व स्वास्थ्य संगठनद्वारा हरेक दिन जारी गर्ने कोरोना अपडेटका अनुसार दैनिक संक्रमण दर र मृत्यु दर घटबढ भइरहेकाे देखाएको  छ ।

त्यस्तै, केही दिनदेखि विश्वभर संक्रमित र मृत्यु दरमा निरन्तर गिरावट आइरहेको छ । विश्व स्वास्थ्य संगठनकाे दैनिक तथ्यांक हेर्दा काेराेना संक्रमण महामारी निरन्तर ओरालो लागेको संकेत देखिएकाे छ ।

विश्व स्वास्थ्य संगठनले जारी गरेको गत २४ घण्टाको अपडेट अनुसार कोरोना भाइरस संक्रमणबाट एकैदिन ७ हजार ७१६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभर कोरोना संक्रमणबाट ७ हजार ७१६ को मृत्यु भएको हो।

त्यस्तै, विगत २४ घण्टामा विश्वभर १८ लाख ५२ हजार ३४९ जनामा कोरोना संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म ४१ करोड ५ लाख ५६ हजार ९९२ जनामा कोरोना संक्रमण भएको छ । त्यस्तै, ३३ करोड ६ लाख ४२ हजार २४१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्।

विश्व स्वास्थ्य संगठनले उपलब्ध गराएको पछिल्लो तत्थ्यांक अनुसार ५८ लाख २७ हजार ८४६ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट ११ हजार ८८२ को ज्यान गएको छ । २६ हजार १०२ जना सक्रिय संक्रमित रहेका छन् भने ९ लाख ७२ हजार ६३२ जनामा संक्रमण भइसकेको छ ।

त्यस्तै, ९ लाख ३४ हजार ६४८ जना संक्रमित निको भइसकेका छन् ।

प्रतिक्रिया