Pura Samachar

प्रतिनिधि सभाको बैठक फेरि स्थगित,अर्को बैठक ४ गते बुधबार बस्ने

प्रकाशित: February 13, 2022
पूरा समाचार

प्रतिनिधि सभाको बैठक फेरि स्थगित,अर्को बैठक ४ गते बुधबार बस्ने

प्रतिनिधि सभाको बैठक फेरि स्थगित भएको छ। सोमबार लागि बोलाइएको बैठक विविध कारणले स्थगित भएको संसद सचिवलायले जनाएको छ।

संघीय संसदका प्रवक्ता रोजनाथ पाण्डेले दिएको जानकारीअनुसार अर्को बैठक बुधबार दिउँसो १ बजेका लागि डाकिएको छ।

यसअघि प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले भोलिको बैठक सार्न आग्रह गरेको थियो।

प्रतिनिधि सभाको बैठक यसअघि पटक-पटक स्थगित हुँदै आएको छ।

आजै सत्तारूढ तीन दलका सांसदहरूले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरूद्ध संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका छन्।

प्रतिक्रिया