Pura Samachar

नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरारुद्धको महाअभियोग प्रस्तावमा साथ नदिने:विष्णु रिजाल

प्रकाशित: February 13, 2022
पूरा समाचार

नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरारुद्धको महाअभियोग प्रस्तावमा साथ नदिने:विष्णु रिजाल

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरारुद्धको महाअभियोग प्रस्तावमा साथ नदिने जनाएको छ।

प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोग प्रस्तावले मुलुकलाई थप द्वन्द्वतिर धकेलेको टिप्पणी गर्दै एमालेले महाअभियोग प्रस्तावमा साथ नदिने जनाएको हो।

एमाले केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख विष्णु रिजालले आइतबार दिउँसो सामाजिक सञ्जालमार्फत उक्त कुरा बताएका हुन्।

‘प्रधानन्यायाधीशमाथिको महाभियोग प्रस्तावले मुलुकलाई थप द्वन्द्वतिर धकेलेको छ,’ उनले लेखेका छन्, ‘यसबाट न्यायालय कब्जा गरी आफू अनुकूलका फैसला गराउने प्रपञ्च प्रकट भएको छ। स्थानीय चुनाव नगराउने षड्यन्त्र सुरु भएको छ। प्रतिपक्षसँग बन्न लागेको सम्बन्धलाई बिगारेको छ।’

सत्तापक्षले महाभियोगको सिलसिला आरम्भ गरेको र यसको असर तुरुन्तै देखिने उनले बताएका छन्।

प्रतिक्रिया