
फाल्गुन १, २०७८
पछिल्लो पटक नेपालमा ५ सय २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १० हजार १ सय १५ जनामा गरिएको परिक्षणबाट सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ३ हजार ९ सय ३५ जना संक्रमण मुक्त भएका छन् ।
सोही अवधिमा संक्रमणका कारण थप १० जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ८ सय ९२ पुगेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या २२ हजार ५ सय ८४ रहेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया