Pura Samachar

लिभरपुलले बर्नलीमाथि १–० को कठिन जित

प्रकाशित: February 14, 2022
पूरा समाचार

लिभरपुलले बर्नलीमाथि १–० को कठिन जित

एजेन्सी । इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले रेलिगेशन जोनमा रहेको बर्नलीलाई पराजित गरेको छ ।

आईतबार राति तालिकाको पुछारमा रहेको क्लबमाथि लिभरपुलले १–० को कठिन जित निकालेको हो ।

लिभरपुलले प्रिमियर लिगमा बर्नलीमाथि चार खेलमा लगातार जित निकालेको हो । एनफिल्ड क्लबको जितले शीर्ष स्थानको म्यानचेस्टर सिटीमाथि दबाब बढाएको छ ।

लिभरपुलको जितमा फाबिन्होले विजयी गोल गरे । उनले पहिलो हाफ अघि पाहुना टोलीका लागि गोल गरेका थिए ।

रेलिगेशनबाट बच्न संघर्ष गरिरहेको बर्नलीले धेरै राम्रा गोललाई बचाएको थियो । जेस ब्राउनहिलको लामो दुरीको प्रहारलाई लिभरपुलका गोलकिपर एलिसनले जोगाएका थिए । वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका डिएगो जोटाको प्रहार पोस्टको निकै टाढाबाट बाहिरिएको थियो ।

पछिल्लो खेलमा जित प्राप्त गरेपनि लिग लिडर म्यानचेस्टर सिटी भन्दा एनफिल्ड क्लब ९ अंकले पछि छ ।
बर्नली तालिकाको पुछारमा छ । रेलिगेशनबाट उ अझै ७ अंकले पछि छ ।

प्रतिक्रिया