Pura Samachar

१० जना प्रहरी नायव उपरीक्षक डीएसपीलाई काज सरुवा

प्रकाशित: February 14, 2022
पूरा समाचार

१० जना प्रहरी नायव उपरीक्षक डीएसपीलाई काज सरुवा

प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका १० जना प्रहरी नायव उपरीक्षक डीएसपीलाई विभिन्न कार्यालयमा काजमा खटाइएको छ।

कार्यालयले आइतबार उनीहरूलाई काजमा खटाउने निर्णय गरेको हो।

यस्तै तीन जिल्ला र काठमाडौं उपत्यकाका तीन वृत्तका प्रमुख फेरिएका छन्।

रसुवामा कुलदिप चन्द, दोलखामा गंगाप्रसाद पौडेल र रामेछापमा राजकुमार थिङ जिल्ला प्रहरी प्रमुख बन्ने भएका छन्।

यस्तै सातदोबाटो वृत्तमा मदन केसी र चापागाउँ वृत्तमा द्धारिका घिमिरे काज खटिनेछन्।

दाेलखाका डीएसपी भेषराज रिजालकाे अपराध महाशाखामा काज सरूवा भएको छ।

यस्तै रामेछापका नवराज ढुङगाना प्रदेश १ प्रहरी कार्यालय मोरङमा काज सरूवा भएको छ।

यस्तै रसुवाका देवेन्द्र पाण्डेकाे जगेडा पुलमा काज सरूवा भएको छ।

यस्तै वृत्त चापागाउँका टेकबहादुर कार्की क्षेत्रीलाई प्रहरी प्रधान कार्यालय कार्य विभाग नक्साल र वृत सातदाेबाटाेका दिनेश घिमिरेलाई  काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा काज सरूवा गरिएको छ।

प्रतिक्रिया