Pura Samachar

नेपाली काँग्रेसले भोलि बोलायो संसदीय दलको बैठक

प्रकाशित: February 14, 2022
पूरा समाचार

नेपाली काँग्रेसले भोलि बोलायो संसदीय दलको बैठक

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले पनि संसदीय दलको बैठक डाकेको छ । मंगलबार (भोलि) बिहान ९ बजे नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बैठक तय गरिएको हो ।

बैठकमा प्रधानन्यायाधीशमाथिको महाअभियोगपछिको राजनीतिक घटनाक्रम, एमसिसी, संसद् बैठकमा एमालेको जारी अवरोधलगायतका विषयमा छलफल हुने बताइएको छ ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेको पनि संसदीय दलको बैठक अहिले जारी छ ।

प्रतिक्रिया