Pura Samachar

पछिल्लो २४ घण्टामा थप ७४७ जनामा कोरोना पोजेटिभ पुष्टि,८ जनाले ज्यान गुमाए

प्रकाशित: February 14, 2022
पूरा समाचार

पछिल्लो २४ घण्टामा थप ७४७ जनामा कोरोना पोजेटिभ पुष्टि,८ जनाले ज्यान गुमाए

नेपालमा पछिल्लो २४ घण्टामा थप ७४७ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरेको ८ हजार ६९६ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन्।

मन्त्रालयका अनुसार ४८२ पिसिआर परीक्षणबाट र २६५ एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घन्टामा २३१९ जना कोरोना संक्रमित निको भएका छन्। यस्तै, सोही अवधिमा ८ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्।हाल देशभर २० हजार ७३९ जना कोरोनाका सक्रिय संक्रमित छन्।

प्रतिक्रिया