Pura Samachar

सन्दीप लामिछाको टी–ट्वान्टी क्रिकेटमा ५० विकेट पुरा

प्रकाशित: February 14, 2022
पूरा समाचार

सन्दीप लामिछाको टी–ट्वान्टी क्रिकेटमा ५० विकेट पुरा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने टी–ट्वान्टी क्रिकेटमा ५० विकेट लिने पहिलो नेपाली खेलाडी बनेका छन् ।

लामिछानेले २९ खेलमा ५० विकेटको कीर्तिमान पुरा गरेका हुन् ।

लामिछानेले ओमानमा जारी चारदेशीय टी–ट्वान्टी सिरिज अन्तर्गत आयरल्यान्डविरुद्ध विकेट हात पार्दै ५० विकेट पुरा गरे ।

लामिछानेले टी–ट्वान्टीमा सर्वाधिक छिटो ५० विकेट लिने विश्वकै तेस्रो क्रिकेटर समेत बनेका छन् ।

सर्वाधिक ५० विकेट लिने खेलाडीमा भने श्रीलंका पूर्व स्पिनर अजन्था मेन्डिस हुन् । उनले २६ खेलमा ५० विकेट पुरा गरेका थिए ।

आयरल्यान्डका बलर मार्क आदिरले २८ खेलमा ५० विकेट हात पारेका थिए ।

दक्षिण अफ्रिका इमरान ताहिर र अफगानिस्तानका राशिद खानले भने ३१–३१ खेलमा ५० विकेट हात पारेका थिए ।

प्रतिक्रिया