मन्त्रालयले नयाँ ट्राभल गाइडलाइन जारी गर्दै कोरोनाविरुद्धको पूर्ण खोप लगाएका यात्रुलाई आरटी पीसीआर परीक्षण गराउन आवश्यक नभएको उल्लेख गरेको हो।मन्त्रालयले नेपालसहित विश्वका ८२ वटा मुलुकबाट भारत आउने यात्रुलाई यस्तो छुट दिएको हो। यात्रा गर्नुअघि यात्रुले एयर सुविधा फर्म भने भर्नुपर्ने गाइडलाइनमा उल्लेख छ।
यसअघि दिल्ली जाने यात्रुले आरटी पीसीआर रिपोर्ट अनिवार्य लोड गर्नुपर्ने प्रावधान थियो। नयाँ गाइडलाइनलमा आरटी पीसीआर रिपोर्ट वा खोप लिएको सर्टिफिकेट अपलोड गरे पुग्ने व्यवस्था गरिएको छ।
५ वर्षमुनिका बालबालिकाको हकमा भने पीसीआर रिपोर्ट वा खोप कार्ड नचाहिने मन्त्रालयले जनाएको छ। तर, खोप नलगाएका ५ वर्षमाथिका बालबालिकाका लागि भने आरटी पीसीआर रिपोर्ट अपलोड गर्नुपर्ने हुन्छ।
प्रतिक्रिया