Pura Samachar

आजबाट कक्षा एक देखि आठ सम्म कक्षाहरू शुरू भएको खबर

प्रकाशित: February 15, 2022
पूरा समाचार

आजबाट कक्षा एक देखि आठ सम्म कक्षाहरू शुरू भएको खबर

डा. हरिमोहन पोखरेल

कोहिमा / नागालैंडमा आज देखि कक्षाहरू सुचारू रूपले चालू भएको समाचार सार्वजनिक भएको छ ।
प्राप्त समाचार अनुसार कक्षा एक देखि लिएर आठ सम्मका विद्यार्थीहरूले आफ्नो कक्षाहरूमा अध्ययन गर्न पाउने छन।
यो संवाददाताले कोहिमाका विभिन्न स्कूलमा भ्रमण गरे पश्चात देखियो कि लगभग सबै स्कूलहरूमा विद्यार्थीहरूको झीनो उपस्थिति रहेको र कक्षाहरू भने दुई भागमा विभाजित गरेर कोविदको प्रोटोकल फोलो गरेको देखियो ।
राज्यको शिक्षा विभागबाट जारी एउटा विज्ञप्ति अनुसार पनि जम्मै स्कूलहरूले कोविदको प्रोटोकल फोलो गरिनुपर्ने कुरा र एउटा कक्षामा भने पचास -पचास प्रतिशतको दरले राखेर कक्षाहरू संचालन गरिनुपर्ने रहेको छ ।
आज दुइ साल पश्चात नानीहरू र अभिभावक समेत खुशी रहेका छन भने कति लामो समय सम्म स्कूलहरू खोलिने छन ।फेरि कतै तालाबंदी भएर नानीहरूलाई दुख त दिँदैनन भन्ने तर्फ पनि उनीहरूको मन नगएको होइन ।
हेर्दै जाऔ यो कहाॅ सम्म सफल हुन्छ त्यो त आउने भविष्य नै बताउला ।

प्रतिक्रिया