
काठमाडौँ । नेपाली साहित्यको झर्रोवादी आन्दोलनका अगुवा लेखक तारानाथ शर्माको निधन भएको छ।
नियात्रा विधाका संस्थापक लेखक मानिनुभएका निबन्धकार, कथाकार शर्माको ८७ वर्षको उमेरमा मंगलबार बिहान निधन भएको हो।
इलामको बरबोटेमा जन्मनुभएका उहाँले सँस्कृत शिक्षाबाट पढ्न सुरु गर्नुभएको थियो । शर्माले २०१३ सालमा बनारसमा पढ्दै गर्दा बल्लभमणि दाहाल, बालकृष्ण पोखरेललगायतका साथीहरुसँग मिलेर ‘झर्रोवादी आर्दोलन सुरु गर्नुभएको थियो ।
लेखेका ‘बेलायतिर बरालिँदा’ निबन्ध संग्रहका लागि २०२६ सालमा मदन पुरस्कार प्राप्त गर्नुभएको थियो । उहाँले ‘घनघस्याको उकालो काट्ता’ बाट नियात्रा लेख्न शुरु गर्नुभएको थियो ।
प्रतिक्रिया