Pura Samachar

नेपाली कांग्रेसका सांसदले एमसिसी पारित गर्न ढिला गर्न नहुने धारणा

प्रकाशित: February 15, 2022
पूरा समाचार

नेपाली कांग्रेसका सांसदले एमसिसी पारित गर्न ढिला गर्न नहुने धारणा

नेपाली कांग्रेसका सांसदले एमसिसी पारित गर्न ढिला गर्न नहुने धारणा राखेका छन्।

नयाँ बानेश्वरस्थित संसद भवनमा जारी संसदीय दलको बैठकमा बोल्ने सबैजसो सांसदले एमसिसी पारित गर्नुपर्ने धारणा राखेको एक सांसदले  जानकारी दिए।

परराष्ट्र मन्त्री नारायण खड्काले एमसिसीमा भएका भ्रमहरू चिर्न जरूरी रहेको बताएका थिए।

बैठकमा पूर्व अर्थमन्त्री रामशरण महतले लिखित रूपमै एमसिसीमाथि धारणा राखेका थिए।

उनले १ घण्टाभन्दा बढी समयसम्म एमसिसीबारे सांसदहरुलाई बुझाएका थिए।

बैठकमा सांसदहरू मीन विश्वकर्मा, मिनेन्द्र रिजाल, प्रकाश स्नेही, भरत शाहलगायतले बोलेका छन्।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार बिहान नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफलसमेत गरेका थिए।

छलफलमा बुधबार बस्ने प्रतिनिधि सभाको बैठकमा एमसीसी टेबुल गर्ने विषयमा धारणा माखेका थिए।

प्रतिक्रिया