Pura Samachar

सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को चिकित्सकमा डा शैल रुपाखेतीलाई नियुक्त

प्रकाशित: February 15, 2022
पूरा समाचार

सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को चिकित्सकमा डा शैल रुपाखेतीलाई नियुक्त

काठमाडौं । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को चिकित्सकमा डा शैल रुपाखेतीलाई नियुक्त गरेको छ ।

मन्त्रिपरिषदको माघ २४ गतेको निर्णय अनुसार डा रुपाखेतीलाई विशिष्ट श्रेणीको सेवा सहित क्याबिनेट चिकित्सकमा नियुक्त गरिएको हो ।

प्रधानमन्त्री कार्यालयले आइतबार डा रुपाखेतीलाई नियुक्तिको पत्र दिएको छ । उहाँको नियुक्ति पत्रमा प्रधानमन्त्री कार्यालयका सचिव लक्ष्मण अर्यालको हस्ताक्षर रहेको छ ।

डा रुपाखेती स्टार अस्पतालका निर्देशक हुनुहुन्छ ।

प्रतिक्रिया