Pura Samachar

पछिल्लो २४ घण्टामा ६८० जनामा कोरोना संक्रमण पुष्टि,२ जनाको मृत्यु,१८ सय ३५ जना कोरोना संक्रमणमुक्त

प्रकाशित: February 15, 2022
पूरा समाचार

पछिल्लो २४ घण्टामा ६८० जनामा कोरोना संक्रमण पुष्टि,२ जनाको मृत्यु,१८ सय ३५ जना कोरोना संक्रमणमुक्त

काठमाडौं, फागुन ३ । नेपालमा पछिल्लो २४ घण्टामा ६८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार २५६ पीसीआर र २ हजार ८३९ एन्टिजेन परीक्षण गर्दा ६८० जनामा संक्रमण भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९०२ पुगेको छ ।

मंगलबार १८ सय ३५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

हाल १९ हजार ४०० जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया