Pura Samachar

ब्रिगेड ब्वाइज र च्यासल युथ क्लबले बराबरी खेले

प्रकाशित: February 15, 2022
पूरा समाचार

ब्रिगेड ब्वाइज र च्यासल युथ क्लबले बराबरी खेले

काठमाडौं । कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा ब्रिगेड ब्वाइज र च्यासल युथ क्लबले बराबरी खेलेका छन् ।

मंगलबार भएको खेलमा ब्रिगेड र च्यासलले गोलरहित बराबरी खेल्दै अंक बाडेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पुछारका दुबै टोलीले फितलो खेल प्रदर्शन गरेको थियो ।

तर, पहिलो हाफमा दुबै टोलीले केहि पोस्ट आक्रमण गरेको थियो ।

खेलको छैटौं मिनेटमा मनोज राईको कर्नरमा ब्रिगेडका बेर्टराण्ड इबोडे ओट्टोउको फ्रि हेडर पोस्टमाथिबाट बाहिरिएको थियो ।

१४ औं मिनेटमा च्यासलका अजित गुरुङको क्रसमा विकास मेराग्लियाको प्रहार पोस्टको फ्रेममा परेन ।

खेलको १६ औं मिनेटमा ब्रिगेडका मनोज राईको फ्रि-किक पोस्ट माथिबाट बाहिरिएको थियो ।

दोस्रो हाफमा दुबै टोलीले डरलाग्दो पोस्ट आक्रमण बुन्न सकेनन्। र, खेल गोलरहित सकियो ।

यस बराबरीसँगै ब्रिगेडले ११ खेलमा ७ अंक जोडेको छ ।

ब्रिगेड १३ औं स्थानमा रहेको छ ।

च्यासलले ११ खेलमा ६ अंक जोडेको छ ।

च्यासल पुछारमा रहेको छ ।

प्रतिक्रिया