Pura Samachar
  • व्हाइट हाउस बाहिर गोली चल्यो

    प्रकाशित: १ महिना पहिले

    व्हाइट हाउस बाहिर गोली चल्यो

    काठमाडौं ।  अमेरिकाको ह्वाइटहाउसबाहिर गोली चलेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले नियमित प्रेस ब्रिफिङमा सम्बोधन गरिरहेका बेला ह्वाइटहाउसबाहिर गोली चलेको हो ।

    घटनापछि सुरक्षाकर्मीहरुले तत्कालै ट्रम्पलाई पत्रकार सम्मेलनस्थलबाट बाहिर लगेका थिए । ट्रम्प पत्रकार सम्मेलनमा बोलिरहेका बेला गोली चलेपछि उनका सुरक्षाकर्मीले कानेखुशी गर्दै घटनाबारे जानकारी दिएर उनलाई भित्र लगेका थिए ।

    झण्डै ९ मिनेट पछि पत्रकार सम्मेलनमा फर्किएका राष्ट्रपति ट्रम्पले बाहिर कसैले गोली चलाएको र स्थिती नियन्त्रणमा रहेको बताए । उनले अमेरिकी सेक्रेट सर्भिसका सुरक्षा अधिकारीहरुले कुनै हतियारधारीलाई गोली चलाएको हुनसक्ने पत्रकारहरुसँग बताए ।

    उनका अनुसार घटनापछि कसैलाई अस्पताल लगिएको छ । ट्रम्पले यो असामान्य परिस्थिति भएपनि सेक्रेट सर्भिसको व्यवसायिक ढंगले काम गर्ने तरिकाको प्रशंसा गरेको बीबीसीले जनाएको छ ।

    प्रतिक्रिया