
काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले साधारण सेयर (आइपीओ) निष्काशन गरेकाे छ ।
प्रतिकित्ता १ सय रुपैयाँका दरले ८ करोड ५० लाख रुपैयाँको ८ लाख ५० हजार कित्ता आइपीओ निष्काशन गर्न लागेको हो । जसमा १३ हजार कित्ता कर्मचारीलाई, ४२ हजार ५ सय कित्ता सामूहिक लगानी कोष र बाँकी रहेको ७ लाख ९४ हजार ५ सय कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको छ । उक्त सेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।
आइपीओमा फागुन ८ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा नबिकेमा फागुन १८ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया