Pura Samachar

सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय नेपाली टिम घोषणा

प्रकाशित: February 16, 2022
पूरा समाचार

सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय नेपाली टिम घोषणा

आइसिसी टी-२० विश्वकप छनोट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टिम घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबारदेखि ओमानमा हुने प्रतियोगिताका लागि सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय नेपाली टिम घोषणा गरिएको हो।

टिममा तीव्र गतिका बलर करण केसीको स्थानमा गुल्शनकुमार झाले स्थान बनाएका छन्। केसी चोटका कारण टिमबाट बाहिरिएका हुन्।

टी-२० विश्वकप छनोट प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। समूह ‘ए’ मा नेपाल र आयोजक ओमानसहित बहराइन, क्यानडा, जर्मनी, आयरल्यान्ड, फिलिपिन्स र युएई गरी आठ टिम छन्।

नेपालको खेल 
नेपाल भर्सेस ओमान –  ओमान एकेडेमी १-  फागुन ६
नेपाल भर्सेस फिलिपिन्स –  ओमान एकेडेमी  २-  फागुन ७
नेपाल भर्सेस क्यानडा –  ओमान एकेडेमी १ – फागुन ९
सेमिफाइनल १ र २ – ओमान एकेडेमी २-१ –  फागुन १०
फाइनल –  ओमान एकेडेमी १ – फागुन १२

नेपाली टिम 
सन्दीप लामिछाने (कप्तान), शरद भेषवाकर, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, मोहमद आसिफ शेख, मोमहद आरिफ शेख, अभिनास बोहरा, जितेन्द्रकुमार मुखिया, कमलसिंह ऐरी, विवेककुमार यादव, लोकेशबहादुर बम, सागर ढकाल, गुल्शनकुमार झा

वैकल्पिक खेलाडी
कुशल मल्ल, साहब अलाम, प्रदीप ऐरी

टिम अफिसियल्स
पुबुदु दसानायके- प्रमुख प्रशिक्षक
धम्मीका प्रसाद- कन्सल्ट्यान्ट बलिङ प्रशिक्षक
विक्रम न्यौपाने- फिजियो
रमन सिवाकोटी – विश्लेषक
सुमनराज कार्की – व्यवस्थापक

प्रतिक्रिया