
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ९ हजार ७५६ नमुना परीक्षण गरिएकाेमा ६३९ जनामा संक्रमण पुष्टि भएकाे हाे ।
६ हजार ७८२ जनानाको पीसीआर परीक्षण गर्दा ५४८ र दुई हजार ९७४ जनाको एन्टीजेन परीक्षण गर्दा १८५ गरी ६३९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएकाे छ ।
त्यस्तै, साेही अवधिमा थप ३ संक्रमितकाे मृत्यु भएको मन्त्रालयले जानकारी दिएकाे छ ।
पछिल्लो २४ घण्टामा १ हजार ६ सय जना संक्रमणमुक्त भएका छन्।
प्रतिक्रिया