
काठमाडाैं । घाेषित स्थानीय तह निर्वाचनकाे मितिविरूद्ध परेको रिट दर्ता नगर्ने सर्वोच्च प्रशासनको निर्णय सर्वाेच्चकै इजलासले उल्ट्याइदिएको छ।
प्रशासनले दर्ता नगरेकाे रिट इजलासले उल्ट्याउदै दर्ता गर्न आदेश दिएकाे हाे ।
महोत्तरीको भङ्गाहा नगरपालिका २ का सञ्जीवकुमार साहले दिएकाे रिट सर्वाेच्च प्रशासनले दर्ता गर्न अस्वीकार गरेकाे थियाे ।
निर्वाचन आयाेगकाे समेत सहमतिमा सरकारले आगामी वैशाख ३० गतेका लागि स्थानीय तह निर्वाचनकाे मिति ताेकेकाे छ ।
असाेज २ गते निर्वाचन भइ ७ गते कार्यभार सम्हालेका महोत्तरीको भङ्गाहा नगरपालिकाका मेयरकाे पदावधि असाेज ७ सम्म हुनुपर्ने माग गर्दै साहले रिट निवेदन दर्ताका लागि सर्वाेच्च अदालत पुग्नुभएकाे थियाे।

प्रतिक्रिया