Pura Samachar

आठ उच्च अधिकारीहरुको जिम्मेवारी हेरफेर

प्रकाशित: February 16, 2022
पूरा समाचार

आठ उच्च अधिकारीहरुको जिम्मेवारी हेरफेर

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उच्च स्वास्थ्य अधिकारीहरुको जिम्मेवारी हेरफेर गरेको छ ।

स्वास्थ्यमन्त्री विरोध खतिवडाले मन्त्रीस्तरीय निर्णय गर्दै एघारौँ तहका आठ उच्च अधिकारीहरुको जिम्मेवारी हेरफेर गरेका हुन् ।

उक्त निर्णयअनुसार मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखामा डा. कृष्णप्रसाद पौडेल सरुवा गरिएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमललाल दासलाई लगिएको छ । सोही अस्पतालका चिकित्सक डा. यज्ञ खरेललाई भने मेसुको जिम्मेवारी दिइएको छ।

सुधा देवकोटालाई राष्ट्रिय एड्स तथा यौन रोग केन्द्रमै फिर्ता गरिएको छ।

केन्द्रीय कारागार अस्पतालमा प्रकाशप्रसाद साहलाई पठाइएको छ ।

राष्ट्रिय क्षयरोग केन्द्रको निर्देशकमा राष्ट्रिय एड्स तथा यौन रोग केन्द्रका प्रमुख डा. सञ्जय ठाकुरलाई पठाइएको छ।

हेटौँडास्थित कीटजन्य रोग अनुसन्धान केन्द्रका प्रमुख यदुचन्द्र घिमिरेलाई राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रमा लगिएको छ । तालिम केन्द्रका प्रमुख केशव पण्डितलाई केन्द्रमा पठाइएको छ।

कान्ति बाल अस्पतालको कार्यकारी निर्देशकमा भरतपुर अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा. युवानिधी बसौलालाई जिम्मेवारी दिइएको छ।

प्रतिक्रिया