काठमाडौं । काठमाडौंको गोंगबुमा आइतबार एक विभत्स शव फेला पर्यो । टाउको झोलामा राखिएको र शरीर सुटकेसमा राखिएको अवस्थामा उक्त शव प्रहरीले बरामद गर्यो । अनुसन्धानका क्रममा शव रोल्पाका कृष्णबहादुर बोहराको भएको प्रहरीले पहिचान गर्यो ।
गार्मेन्ट उद्योगमा काम गर्दै आएका कृष्ण मित्रनगरस्थित एक गेस्ट हाउसमा बस्दै आएको थिए । उक्त हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गर्यो ।
चितवनको कालीका नगरपालिका स्थायी घर भएकी ती महिलालाई प्रहरीले चितवनमा पक्राउ गरेको हो । उनी हत्यापछि एम्बुलेन्समा काठमाडौंबाट चितवन गएको खुलेपछि प्रहरीले एम्बुलेन्स चालकलाई समेत नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार पक्राउ गरिएकी महिला र मृतकबीच प्रेम सम्बन्ध खुलेको छ । उनीहरु लामो समयदेखि एक अर्कासँग परिचित भएको र बेला-बेलामा भेटघाट हुने गरेको पाइएको छ ।
मृतक बोहराको परिवार नेपालगन्जमा र पक्राउ परेकी महिलाका श्रीमान् वैदेशिक रोजगारीमा रहेको अनुसन्धानका क्रममा खुलेको छ । ती महिलाले शनिबार ती पुरुषलाई आफ्नै कोठामा बोलाएकी थिइन् ।
कोठामा बोलाएपछि उनलाई बेहोस् बनाएको र त्यसपछि घाँटी रेटेको पाइएको छ । कृष्णले महिलाकी १४ वर्षीया छोरीलाई समेत ‘आँखा लगाएपछि’ महिलाले हत्या योजना बनाएको बयानका क्रममा खुलेको छ ।













प्रतिक्रिया