Pura Samachar

एपिएफको मनाङमाथि ३–१ को सानदार पूनरागमन जित

प्रकाशित: February 17, 2022
पूरा समाचार

एपिएफको मनाङमाथि ३–१ को सानदार पूनरागमन जित

एपिएफले मनाङमाथि ३–१ को सानदार पूनरागमन जित निकालेको हो । एपिएफको पूनरागमन जितमा आशिष लामा, मणि कुमार लामा र कप्तान नविन लामाले गोल गरे । मनाङका कप्तान अन्जन विष्टले एक गोल गरे ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलको २२औं मिनेटमा पुजन उपरकोटीको फ्रिकिकलाई गोलरक्षक युया कुरियामाले पञ्च गर्दै बचाए । ३४औं मिनेटमा एडेलाजा सोमिडेको प्रहारलाई गोलरक्षक कुरियामाले डाइभ दिदै बचाउँदा मनाङ अग्रता लिनबाट चुक्यो ।

३७औं अन्जनले गोल गर्दै मनाङलाई १–० को अग्रता दिलाए । गोलरक्षक विशाल सुनारले फालेको लामो बललाई अन्जनले गोलरक्षक अघि बढेको अवस्थामा उनको हेडरले जाली चुमेको थियो । ४०औं मिनेटमा आशिषले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

कप्तान नविनको पासमा आशिषले डिफेन्डर नरेन्द्र चौधरीलाई बिट गर्दै गोलरक्षकलाई बिट गर्दै सहजै गोल गर्न सफल भएका थिए । त्यसअघि ३९औं मिनेटमा अन्जनको पासमा विमल रानाको वान भर्सेस वानको स्थितिको प्रहारलाई गोलरक्षक कुरियामाले सहजै नियन्त्रणमा लिए ।

८१औं मिनेटमा सब्सिच्युट मणि कुमार लामाले गोल गर्दै एपिएफलाई २–१ ले अघि बढाए । ८६औं मिनेटमा कप्तान नविनले गोल गर्दै एपिएफलाई ३–१ को सानदार पूनरागमन जित दिलाए । आशिषको प्रहार रिवाउन्ड हुँदा नविनले सानदार फिनिस गरेका थिए ।

चोटका कारण आफिज ओलावाले ओलाडिपो अफिजले पहिलो मिनेटमै मैदान छाडेपछि मनाङ दवावमा आएको थियो । ओलावाले नहुँदा मनाङको आक्रमण फितलो देखिएको थियो ।

यो जितसँगै एपिएफ रेलिगेसन जोनबाट बचेको छ । एपिएफको ११ खेलबाट १४ अंक पुगेको छ । एपिएफ आठौं स्थानमा उक्लिएको छ । पराजित मनाङ ११ खेलबाट २० अंक जोडेर दोस्रो स्थानमा यथावत रहेको

प्रतिक्रिया