
काठमाडौँ । सरकारले सहसचिव मुकुन्द निरौलालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।
बिहीबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले निरौलालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले प्रशासन सिंहदरवार ब्युरोलाई बताए ।
लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा माघ २५ गते मङ्गलवार बसेको बैठकले सचिव बढुवाका लागि सिफारिस गरेका मध्ये पहिलो नम्बरमा रहेका गृह मन्त्रालयका सहसचिव निरौलालाई मन्त्रिपरिषद् बैठकले बढुवा गर्ने निर्णय गरेको हो ।
बढुवा समितिको बैठकले पहिलो नम्बरमा मुकुन्द प्रसाद निरौला, दोस्रो नम्बरमा विनोद प्रकाश सिंह र तेस्रो नम्बरमा गोपीकृष्ण खनालको नाम सिफारिस गरेको सिफारिस गरेको थियो ।
ज्येष्ठताबाट नै सचिव बनाउने भन्ने छलफल भएपनि निर्णय भने सार्वजनिक भएको छैन ।
‘सिनियर मोष्टबाट नै सचिव बनाउने कुरा भएको हो’ ती मन्त्रिले भने, ‘यद्यपी प्राविधिक तथा अन्य कुनै कारणले तीनमध्ये जो कोही पनि हुन सक्ने छ’
प्रतिक्रिया