Pura Samachar

नागालैंड विश्वविद्यालयमा एकदिवसीय संगोष्ठी मातृभाषा बिना टुहुरो भएको अनुभव

प्रकाशित: February 17, 2022
पूरा समाचार

नागालैंड विश्वविद्यालयमा एकदिवसीय संगोष्ठी मातृभाषा बिना टुहुरो भएको अनुभव

डा. हरिमोहन पोखरेल                                                कोहिमा/मातृभाषा का महत्व -पूर्वोत्तर के संदर्भ में विषय लिएर आज नागालैंड विश्वविद्यालयमा एकदिवसीय हिन्दी संगोष्ठी संपन्न भयो ।
विश्वविद्यालयको हिन्दी प्रकोष्ठ द्वारा आयोजित सो संगोष्ठीको आफ्नो पत्र प्रस्तुत गर्दै डा. इमलिएनला इमचेनले भनिन कि मातृभाषा बिना हामी अधुरो र टुहुरो छौ ।आजको समयमा हामीले आफ्नो मातृभाषालाई संवर्द्धन, विकास र विस्तार अनि उन्नतिशील बनाउनुपर्ने नितान्त आवश्यक रहेको कुरा पनि बताइन।
उनले अगाडि भनिन कि सारा यूरोपमा जति पनि भाषा बोलिन्छ ।त्यो सबै केवल भारतको पूर्वोत्तर क्षेत्रमा बोलिने बोली बराबर हो ।उनले आफ्नो शोधपत्रमा भनिन कि हामीले अब सबैथोक बिर्सिएर मातृभाषाको विकास गर्नु आवश्यक देखिन्छ ।
यसै क्रममा डा. वाई हेतेशो चिसिले भने कि वास्तवमा हामीले आज एक्काइसौं शताब्दीको कगारमा उभिएर सबैथोक भूली सकियौ ।जसमा हामीले आफ्नो मातृभाषा नै गुमाई सकेका छौ ।यो एउटा दुख लाग्दो कुरा हो ।
उनले अगाडि भने कि हामीले अब मातृभाषालाई नै पहिलो प्राथमिकता दिनुपर्ने समय आएको छ ।
यसै अवसरमा प्रो संतोष सिंहले संगोष्ठीको अध्यक्षता गरेका थिए भने कुशल संचालन आशीष कुमार हिदी अधिकारीले गरेका थिए ।
यस संगोष्ठीमा देशभरिका सय भन्दा माथिका महानुभावहरूले भाग लिएका थिए।
स्मरण रहोस नागालैंड विश्वविद्यालयले समय समयमा संगोष्ठीको आयोजना गर्दै आएको छ ।जसको महत्व अलग्गै छ ।
—डा. हरिमोहन पोखरेल

प्रतिक्रिया