संघीय संसद् सचिवालयका अनुसार बैठक दिउँसो १ बजे बस्ने भएको हो।बैठककाे दैनिक कार्यसूचीमा एमसीसी राखिएको छैन। सम्भावित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस गर्ने भनेर राखिएको छ।तर बिहीबार बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले आज संसदमा एमसीसी टेबल गर्ने बताएका छन्।
अन्तिम कार्यसूची कार्यव्यवस्था परामर्श समितिको बैठकबाट थप्न पनि सकिन्छ।
तर गठबनधनका अन्य दल अहिल्यै एमसीसी संसदबाट अनुमोदन गर्ने पक्षमा छैनन्।
बिहीबार साँझ बालुवाटारमा भएको छलफलमा पनि उनीहरूले त्यही अडान राखेपछि कुरा मिलेन। आज बिहान पुनः गठबन्धनको बैठक बस्ने नेताहरूले बताएका छन्।
गठबन्धनको बैठक सकिनेलगत्तै बिहीबार राति प्रधानमन्त्री देउवा प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्न बालकोट पुगेका थिए।
एमसीसीका कारण नेपालको राजनीतिक समीकरण फेरिने अनुमान गरिएको छ।
प्रतिक्रिया