
आजबाट शुरु हुने आइसिसी टि ट्वान्टी विश्वकप क्रिकेट २०२२ को छनौट चरण अन्तर्गत नेपालले आफ्नो पहिलो खेल घरेलु टोलि ओमान विरुद्ध खेल्दैछ।
यसैवर्ष ओमान र दुबईमा भएको आइसीसी टि ट्वान्टी विश्वकप क्रिकेट खेलिसकेको बलियो राष्ट्र ओमान बिरुद्ध नेपाली टोलीलाई खेल सहज हुने स्थिती भने देखिँदैन।
तर ओमानको घरेलु मैदानमा भर्खरै सम्पन्न भएको टि ट्वान्टी सिरिजमा मात दिएको नेपाली टोलीलाई ओमान विरुद्धका पछिल्ला दुई जितले राम्रो आत्मबिश्वास भने दिनेछ।
चार देश सम्मिलित प्रतियोगितामा ओमान विरुद्ध सकारात्मक नतिजा हात पारेको नेपालले भोलि पनि सोहि नतिजालाई निरन्तरता दिन सके समुहको शिर्ष दुईमा पर्ने सम्भावना उच्च रहने छ।
अन्य प्रतिस्पर्धीहरु भन्दा तुलनात्मक रुपमा बलियो प्रतिद्वन्दी ओमान विरुद्ध पहिलो खेलमै सफलता हात पार्नु नेपालका लागि निकै लाभदायक हुने देखिन्छ।

ओमानले भने तयारी स्वरूप आयोजना गरिएको प्रतियोगितामा नेपाल विरुद्ध पहिलो खेल ६ विकेटले गुमाउदा आयरल्याण्ड संग ९ विकेटले पराजित हुन पुगेको थियो। तर प्रतियोगिता जितेको युएईलाई भने अन्तिम खेलमा ७ विकेटले पराजित गर्न सफल भएको थियो।
नेपालले भने पहिलो खेल ओमान विरुद्ध ६ विकेटले आफ्नो पक्षमा पार्दा, युएई विरुद्ध २५ र आयरल्याण्ड विरुद्ध १६ रनले हार बेहोरेको थियो।
ओमानका लागि अहिले उसका ओपनर तथा युवा ब्याट्सम्यान काश्यप प्रजापतिले माथिल्लो क्रममा राम्रो ब्याटिंग गरिरहेका छन्।
त्यसै गरि अर्का राम्रा ब्याट्सम्यान रहेका शोहेब खानलाई पनि सस्तैमा रोक्न सके ओमानको टोलीलाई दबाबमा राख्न सकिनेछ। नेपाल विरुद्ध पहिलो खेलमा राम्रो प्रदर्शन गरेका जिसन मक्सुदले पनि नेपाललाई चोट पुर्याउन सक्नेछन।

नेपाली टोलीले भने अन्तिम खेलमा आयरल्याण्ड विरुद्ध गरेको गम्भीर गल्ति नदोहोर्याए, ओमान विरुद्ध जित निकाल्न सहज हुने देखिन्छ। ओमानकै जस्तो लगातार विकेट जान थालेपछि अताल्लिने र दबाबमा आएर विकेट फ्याल्ने प्रवृति नेपाली टोलीको कम्जोर पक्ष रहेको छ।
नेपाली टोलीका लागि भोलि ज्ञानेन्द्र मल्ल र शरद भेषवाकरले युवा ब्याट्सम्यानलाई आफ्नो अनुभबको भरपुर साथ दिन निकै आवश्यक रहेको छ।
सिनियर रहेका दुवै ब्याट्सम्यानले गतिलो प्रदर्शन दिन नसक्दा नेपालले टेस्ट रास्ट्र आयरल्याण्ड विरुद्ध जित निकाल्न असफल बनेको थियो।
प्रतिक्रिया